गृहपृष्ठ टोस्टमास्टर्स वक्तृत्व प्रतियोगितामा नेपाललाई उपाधि

टोस्टमास्टर्स वक्तृत्व प्रतियोगितामा नेपाललाई उपाधि

टोस्टमास्टर्स वक्तृत्व प्रतियोगितामा नेपाललाई उपाधि

काठमाडौं– भारतको नयाँ दिल्लीमा सम्पन्न टोस्टमास्टर्स वक्तृत्वकला प्रतियोगितामा काठमाडौं टोस्टमास्टर्स क्लबका सन्दीप अधिकारी प्रथम भएका छन् । अधिकारी डिभिजन स्तरीय प्रतिस्पर्धाको अन्तर्राष्ट्रिय स्पिच कन्टेस्टमा प्रथम भएका हुन् । प्रतियोगितामा लक्ष्मी बैंक टोस्टमास्टर्स क्लबको प्रतिनिधित्व गरेका दिपेश चालिसे दोस्रो भए । टेबल टपिक्स कन्टेस्टमा बोधी टोस्टमास्टर्स क्लबका निलादरी परियल पहिलो भएका छन् । साथै हिमालयन टोस्टमास्टर्स क्लबका रुपक मैनाली तेस्रो भए । एभरेस्ट टोस्टमास्टर्स क्लब, काठमाडौं टोस्टमास्टर्स क्लब, हिमालयन टोस्टमास्टर्स क्लब, काठमाडौं कलेज अफ म्यानेजमेन्ट टोस्टमास्टर्स क्लब र सांग्रिला टोस्टमास्टर्स क्लबले डिस्टिङगुइस्ट अहेड अफ टाइम अवार्ड (डाटा) अवार्ड जितेका थिए । त्यस्तै, प्रडक्टिभ एरिया डाइरेक्टरलाई दिइने स्टार लुमिनस अवार्ड एरिया आई २ का एरिया डाइरेक्टर रञ्जित आचार्यले हात पारे । नेपालको प्रतिनिधित्व गर्दै आठवटा क्लबबाट ३८ जना टोस्टमास्टर्सले डिस्ट्रिक्ट लेभल टेबल टपिक्स र वक्तृत्व प्रतियोगितामा नयाँ दिल्ली र आग्रामा सहभागिता जनाएका थिए । नेपालमा हाल १२ टोस्टमास्टर्स क्लबका करिब ५०० सदस्यले साप्ताहिक रुपमा सार्वजनिक बहस, सञ्चार र नेतृत्वकलाको अभ्यास गर्दै आएका छन् ।

प्रकाशित समय : २०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु