गृहपृष्ठ सर्यो रामपुर बजार

सर्यो रामपुर बजार

सर्यो रामपुर बजार

उदयपुर बेलका नगरपालिकास्थित रामपुरको पुरानो र ठूलो शनिबारे हाटबजार सारिएको छ । यसअघि स्थानीय विभिन्न व्यक्तिको नाममा रहेको जग्गामा बजार लाग्दै आएको थियो । तत्कालिन ठोक्सीला गाविसले लिएको जग्गाको सम्झौता अवधि सकिएको तथा जग्गाधनी र व्यापारीबीचको विवादका कारण नयाँ ठाउँमा बजार सारिएको हो ।

नयाँ बजारका लागि नगरपालिकाले स्थानीय शैलेन्द्र सापकोटाको एक विगाह जमिन भाडामा लिएको छ । बार्षिक ४४ हजार रुपैयाँ तिर्ने गरी नगरपालिकाले उक्त जग्गा पाँच वर्षका लागि भाडामा लिएको हो । पुरानो ठाउँबाट उत्तरतिर रहेका उक्त जग्गामा साउन १२ गतेदेखि बजार लाग्न थालेको छ ।

Rampur bazzar_newskarobar

नगरपालिकाले १० वर्षका लागि जग्गा भाडामा लिने गरी सूचना प्रकाशित गरेको थियो । तर, १० वर्षसम्म भाडामा दिने जग्गाधनी तयार नभएपछि पुनः ५ वर्षका लागि भन्दै सूचना निकालियो । त्यसपछि भने सापकोटोले टेन्डर हालेका थिए ।

नयाँ ठाउँ व्यवस्थापनका लागि अहिले धमाधम काम भइरहेको बेलाका ९ का वडा अध्यक्ष मोहन घिमिरेले जानकारी दिए । उनका अनुसार जग्गामा गिटी बिछ्याउने काम भइरहेकाले एक हप्ताभित्रै बजारका लागि सहज बनाउने काम भइरहेको छ ।

रामपुरको यो बजार बेलका नगरपालिकाकै ठूलो हाटबजार हो । बजार भर्न पहाडी जिल्ला भोजपुरदेखि तराईको सुनसरी र सप्तरीसम्मका व्यापारी र उपभोक्ता आउने गरेका छन् ।

प्रकाशित समय : २३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु