गृहपृष्ठ विराटनगरका व्यापारीले मेयरलाई बुझाए ज्ञापनपत्र

विराटनगरका व्यापारीले मेयरलाई बुझाए ज्ञापनपत्र

विराटनगरका व्यापारीले मेयरलाई बुझाए ज्ञापनपत्र

विराटनगरस्थित गुद्रीको बी प्लटमा शनिबारका दिन खुद्रा पसल सञ्चालन गर्दै आएका ब्यापारीले निरन्तर पसल सञ्चालन गर्न दिन माग गरेका छन ।

बजार अब्यवस्थित भएको र सो ठाउँ पार्किङका लागि छुट्याइएको भन्दै महानगरपालिकाले साउन ५ गते यता सो ठाउँमा पसल थाप्न रोक लगाएको छ ।

पसल सञ्चालनमा रोक लगाइएपछि संगठित भएका खुद्रा ब्यापारीले पसल थाप्न पाउनुपर्ने माग गर्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई ज्ञापन बुझाएका छन ।

नेपाल ब्यापार तथा सम्बद्ध श्रमिक संघको अगुवाईमा पुगेको ब्यापारीहरुको टोलीले मेयर पराजुलीलाई ज्ञापन बुझाएको हो । ज्ञापनपत्रमा समयतालिका निर्धारण गरेर ब्यवस्थित रुपमा पसल सञ्चालन गर्न दिइनुपर्ने माग गरिएको छ ।

बिदाको दिन पारेर एकदिन मात्र सस्तो खुद्रा पसल सञ्चालन गर्दै आएकोमा रोक लगाइएपछि ८० जना ब्यापारीसँगै उपभोक्ता पनि मार परेको व्यापारीहरुको दाबी छ । उनीहरुले पसल थाप्न रोक लगाइएका कारण ब्यापारीको रोजीरोटी गुम्नुका साथै सस्तो मुल्यमा सामान किन्नबाट उपभोक्ता समेत बञ्चित हुनुपरेको दाबी गरेका छन ।

महानगरपालिकाका प्रमुख पराजुलीले गुद्रीको सो क्षेत्रलाई पार्किङको रुपमा निर्धारण गरिएकाले पसल संचालनमा रोक लगाइएको जानकारी दिए ।

प्रकाशित समय : २३:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु