काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

माछापुच्छ्रे बैंक र हङकङको एसएमए इन्टरनेसनलबीच रेमिट्यान्स सम्झौता

11.96K
shares

माछापुच्छ्रे बैंक र हङकङस्थित एसएमए इन्टरनेसनलबीच रेमिट्यान्स सेवा सम्झौता भएको छ । रेमिट्यान्स सेवा ग्राहकले एसएमए इन्टरनेसनलद्वारा सञ्चालित वर्कर एप्जबाट लिन सक्नेछन् । वर्कर एप्ज वेब र मोबाइल एप्समा आधारित पैसा ट्रान्सफर र बिल भुक्तानी गर्ने रेमिट्यान्स सेवा हो ।

वर्कर एप्जका संस्थापक तथा सीर्इओ प्रवीन चन्दिरामनिले सम्झौताबाट देश-विदेशमा रहेका ग्राहक लाभान्वित हुनुका साथै मानिसको जीवनस्तर उकास्नसमेत मद्दत पुग्ने बताए ।

सम्झौतासँगै यूएई, कुवेत, बहराइन, कतार, ओमन, क्यानडा र सुडानमा कार्यरत नेपालीले पैसा पठाउन सक्नेछन् । साथै, रेमिटमार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाबाट भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकले ८३ शाखा, दुर्इवटा एक्स्टेन्सन काउन्टर र २१ शाखारहित बैंकिङबाट सेवा प्रदान गरिरहेको छ । बैंकका देशभर ९१ वटा एटीएम सञ्चालनमा छन् ।