global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कृषककाे अनुदान सांसद मैनालीलार्इ

कृषककाे अनुदान सांसद मैनालीलार्इ

कृषककाे अनुदान सांसद मैनालीलार्इ

 

नुवाकोटका सांसद बद्री मैनालीले चुनाव खर्च उठाउन सरकारबाट ११ करोड रुपैयाँ अनुदान हात पारेपछि कृषि परियोजना कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरी परेको छ । शीत भण्डारगृह (कोल्ड स्टोरेज) स्थापनाको लागि विपन्न किसानले पाउनुपर्ने अनुदानको पहुँचकै आधारमा सत्तारुढ दलका सांसद मैनाली छानिएपछि उजुरी परेको हो ।

एकतातर्फ मापदण्ड नपुग्ने र अर्कातर्फ गरिब किसानको समूहले पाउनुपर्ने अनुदान, सार्वजनकि खरिद ऐनको प्रक्रिया नपुर्याई सांसद मैनाली अध्यक्ष रहेको ‘नुवाकोट शीत भण्डारगृह’ अनुदानको लागि छनोट भएपछि सो निर्णय खारेज गर्न माग गर्दै उजुरी परेको हो । हिमालय शीत भण्डार प्रा.लि.का तर्फबाट अध्यक्ष माधवप्रसाद गजुरेलले बुधबार प्रधानमन्त्री कृषि आनुधुनिकीकरण परियोजना बसुन्धारा तथा प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका छन् । उजुरीमा भनिएको छ ‘सार्वजनिक खरिद ऐन तथा, शित भण्डारगृह (कोल्ड स्टोरेज) स्थापना कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७४ को विधि प्रक्रिया नपुर्याई हचुवाको भरमा निर्णय गरी सफल भएका प्रस्तावकको अन्तिम नामावली प्रकाशन खारेज गरियोस् ।’

पद र पहुँचकै आधारमा नुवाकोट प्रदेश १‘ख’ बाट निर्वाचित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद मैनाली प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत शीत भण्डारगृह स्थापनाका लागि ११ करोड रुपैयँ पाउनेमा छनोट भएका हुन् । छनोट भएसँगै मैनालीले रकम लिने प्रक्रिया समेत अघि बढिसकेको छ । निमुखा कृषकको हित हुने गरी प्रदान गर्नुपर्ने अनुदान पहुँचको आधारमा वितरण गर्न लागीएको भन्दै अन्य किसानका समूहहरुले उजुरी गरेका हुन् ।

सासद मैनालीको कोल्ड स्टोरेज नुवाकोटस्थित विदुर नगरपालिका–२, गँगटे भतेरीमा निर्माणाधीन अवस्थामा छ । भौगोलिक रुपमा ‘कोल्ड स्टोरेज’का लागि जोखिमपूर्ण रहेको सो स्थानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि प्रस्ताव छनौटको आवश्यक मापदण्ड नै पुग्दैन ।

याे पनि पढ्नुहाेस् ।

गरिब किसानलाई छुट्याइएको ११ करोड, धनाड्य सांसदलाई

फलोअप : किसानको अनुदान खोस्न सांसद मैनालीको लविङ

 

 

प्रकाशित समय : २०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु