काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

राष्ट्रपति ट्रम्प र पुटिन हेलसिन्कीमा भेट्ने

8.94K
shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यही जुलाइमा भेटवार्ता हुने भएको छ । ट्रम्प र पुटिनबीचको वार्ता यही जुलाई १६ मा फिनल्याण्डको हेल्सीन्कीमा हुने भएको अधिकारीले बताएका छन् ।

लामो समयदेखि प्रतिक्षा गरिएको ट्रम्प–पुटिन शिखर वार्ताको बारेमा रूसी प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा जनाइएको छ । राष्ट्रपति ट्रम्प र पुटिनसँगको परामर्शबाट उनीहरुको शिखर वार्ताको बारेमा सहमति गरी निर्णय भएको उल्लेख गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्यादिमिर पुटिन जुलाई १६ मा हेल्सिन्कीमा भेटवार्ता गर्न लागेको क्रेमलिनले जानकारी दिएको हो ।

(रासस/एएफपी)