काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

घुस लिएको अभियोगमा सव–इन्जिनियर पक्राउ

16.34K
shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तम्घास–सिमलटारी–प्यूठान सडक आयोजना, गुल्मीमा कार्यरत सव–इञ्जिनियर प्रकाश झालाई एक लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ । सडक आयोजनाको ठेक्काको बिल मूल्यांकन गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग पटकपटक घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले इञ्जिनियर झालाई पक्राउ गरेको हो ।

आयोगले सव–इञ्जिनियर झालाई शनिबार पक्राउ गरेको भए पनि आइतबार सार्वजनिक गरेको हो । आरोपीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यस्तै शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय भैरहवाका प्रमुख सुरेश ठाकुरलाई ३६ लाख ७२ हजार ५०० रकमको भौचरसहित आयोगले शनिबार नै पक्राउ गरेको जनाएको छ ।

विभिन्न निर्माण कार्यको समयमा मूल्यांकन नगरी विभिन्न बहानामा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गरेको भौचरसहित पक्राउ गरिएको आयोगले जनाएको छ ।

यस्तै आयोगले मालपोत कार्यालय, कलंकीका नायबसुब्बा शेरबहादुर थापाविरुद्ध अदालतमा चलिरहेको भ्रष्टाचार मुद्दाको सरकारी साक्षीका रुपमा रहेका कपिलदेव खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तै नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवा गरेको अभियोगमा पकवादी भञ्ज्याङ उच्चमाध्यमिक विद्यालय, स्याङ्जाका तत्कालिन प्रधानाध्यापक तिलकराम उपाध्याय पंगेनीविरुद्ध पनि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।