global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिका राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट बाहिरियो

अमेरिका राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट बाहिरियो

अमेरिका राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट बाहिरियो

संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्बाट मङ्गलबार अगल हुने घोषणा गरेको छ ।

अमेरिकाले उक्त परिषदलाई राजनीतिक पूर्वाग्रह गरेको आरोप पनि लगाएको छ । आलोचना गर्दै अमेरिका सो परिपदबाट छुट्टिएको घोषणा गरेको हो । राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले वासिङ्टनमा यो घोषणा गरेकी हुन् ।

उनले राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पेओको राय बमोजिम नै यो निर्णय गरिएको पनि बताएकी वासिङ्टनबाट प्राप्त समाचारमा जनाइएको छ । केही विदेशी स्वार्थी राष्ट्र वा व्यक्तिले आफ्नै सेवागर्ने निकायको रुपमा यसलाई प्रयोग गर्दै आएकाले पनि उक्त परिषदबाट निस्किने निर्णयमा पुगेको राष्ट्र संघका लागि अमेरिकी राजदूत निक्की हेलीले बताइन् ।

यस परिषद्का सदस्यले आफ्ना र आपूmले गरेका मानवअधिकार उल्लंघनका घटना लुकाउन यो परिषद् खोलेको समेत उनको आरोप छ । राष्ट्रसंघको मानवअधिकार परिषद् गतवर्ष इजरायलप्रति सधैँ पूर्वाग्रही भएको आरोप लगाउँदै अमेरिकाले सो परिषद्को सदस्यता नवीकरणको लागि आगामी दिनमा विचार गर्ने पनि बताएको छ ।

जेनेभामा सन् २००६ मा गठन भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्ले मानवअधिकारको अवस्थाबारे प्रश्न उठाउन मिल्ने मुलुकहरूलाई पनि आफ्नो सदस्य बन्न दिएको आरोप अमेरिकाले विगतदेखि नै लगाउँदै आएको थियो ।

राजदूत हेलीले वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा मानवअधिकार परिषद्बाट अलग हुने अमेरिकी निर्णयबारे जानकारी दिएकी थिइन् ।

पत्रकार सम्मेलनमा विदेशमन्त्री पोम्पेओ पनि सहभागी थिए । परिषद्लाई मानव अधिकारको रक्षा गर्न नसक्ने र निकै कमजोर निकायको संज्ञासमेत उनले दिएकी थिइन् ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले आफ्ना प्रवक्तामार्फत जारी प्रेस वक्तव्यमा अमेरिका मानवअधिकार परिषदबाट बाहिर निस्किन नहुने बताएका छन् । उनले यस्तो सम्वेदनशिल परिषद्बाट अमेरिका बाहिर नजाओस भन्ने आफ्नो चाहना रहेको बताएका पनिसमाचारमा जनाइएको छ ।

उता इजरायलले भने अमेरिकाको उक्त निर्णयको स्वागत गरेको छ । इजरायलको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी अमेरिकाले उक्त परिषद्बाट अलग हुनेगरी गरेको निर्णयको स्वागत गरेको छ ।

(रासस/एएफपी)

प्रकाशित समय : २३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु