global ime bank Long Banner Ad

गृहपृष्ठ जनकपुरको पेठियामा कर्मचारी सञ्चय कोष

जनकपुरको पेठियामा कर्मचारी सञ्चय कोष

जनकपुरको पेठियामा कर्मचारी सञ्चय कोष

काठमाडौं– कर्मचारी सञ्चय कोषले जनकपुरको पेठिया बजारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सिरहा, सप्तरी, धनुषा, महोत्तरी, उदयपुर, सर्लाही, सिन्धुली र ओखलढुंगाबासीलाई सहज हुने गरी जनकपुर शाखा सञ्चालनमा ल्याएको कोषले जनाएको छ ।
शाखा कार्यालयबाट त्यस भेगका लगभग एक लाख सञ्चयकर्ता लाभान्वित हुने कोषको अनुमान छ । शाखा कार्यालयबाट विशेषतः विशेष सापटी भुक्तानी, परिचय पत्र समर्थन, फाँटवारी संकलनलगायत सञ्चयकर्तासँग सम्बन्धित अन्य सेवासमेत प्राप्त हुने प्रशासक ओजस्वी गौतमले जानकारी दिए ।
कोषले घर सापटी, शैक्षिक सापटी र सरल चक्र कर्जा जस्ता ऋण सुविधा र सामाजिक सुरक्षणअन्तर्गत दुर्घटना क्षतिपूर्ति, सुत्केरी स्याहार, काजक्रिया अनुदान र औषधि उपचार जस्ता सुविधा सञ्चयकर्तालाई प्रदान गर्दै आएको छ ।
सामाजिक सुरक्षणको क्षेत्रमा अग्रणी मानिएको कर्मचारी सञ्चय कोषले जनकपुरसहित सातै प्रदेशमा शाखा कार्यालयमार्फत आफ्नो सेवा प्रवाह गर्दै आएको छ । हाल कोषमा ५ लाख ५० हजार सञ्चयकर्ता सदस्य छन् भने आव ०७३÷७४ सम्म कोषले २ खर्ब २५ अर्ब रुपैयाँबराबरको स्रोत परिचालन गर्दै आएको छ ।

प्रकाशित समय : २१:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु