काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेकपामा असन्तुष्टि, नेताहरु सरकारमाथि खनिएपछि बैठक नै स्थगित

6.02K
shares

सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सरकारको कार्यशैलीलाई लिएर चर्को असन्तुष्टि देखिएको छ । बालुवाटारमा बिहीबार बसेको स्थायी समिति बैठकमा नेताहरुले सरकारको आलोचना गरेका हुन् ।

बैठकको मुख्य एजेण्डा एकिकृत पार्टीको विधान र नियमावलीमाथी छलफल गर्ने भएपनि नेताहरुले सरकार संचालनमा भइरहेको त्रुटीबारे बेलेर अधिकांश समय खर्चिए
बैठकमा पार्टी स्थायी समिति सदस्यहरु नारायणकाजी श्रेष्ठ, भीम रावल, अमृतकुमार बोहोरा, युवराज ज्ञवाली, रघु जी पन्तलगायतले सरकारले गरिरहेको कामप्रति चर्को असन्तुष्टि जनाएका हुन् ।

‘साथीहरुले बैठकमा विधान र नियमावलीमाभन्दा बढि सरकारले गरिरहेको कामका बारेमा आलोचना गर्नुभयो, बैठकमा सहभागि एक स्थायी समिति सदस्यले भने, ‘सरकारमा बसेर आफ्नै साथीहरुले गलत गरेको त हेर्न सकिँदैन भन्ने उहाँहरुको मत थियो ।’ राजनीतिक नियुक्ति भन्दै अहिले प्रदेश प्रमुखलाई हटाउने सरकारको निर्णयप्रति नेताहरुले असन्तुष्टि जनाएका थिए ।
प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका निर्णय र कामबारे प्रश्न उठाइरहेका बेला नेकपाभित्रैबाट पहिलोपटक आलोचना भएको हो ।

बैठकमा बोल्ने एक नेताको भनाइ उदृत गर्दै ती स्थायी समिति सदस्यले भने, ‘अहिले एकै पटक डा गोविन्द केसी, गंगामाया र राजनीतिक नियुक्ति खारेजीका विषय उठेका छन् । यी सबै गम्भीर विषय हुन् सरकारले सावधानीपूर्वक कदम चालोस ।’

सरकारको काम जनताले दैनिक जीवनमा प्रत्यक्ष अनुभूति गर्ने गरी प्रभावकारी हुन नसकेको बैठकमा नेताहरुले टिप्पणी गरेका थिए । बैठकमा सरकारको कामकार्बाहीका विषयमा बढी नै कुरा उठ्न थालेपछि बैठक नै स्थगित भएको नेता रघुजी पन्तले न्युज कारोबारलाई जानकारी दिए ।