global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ राष्ट्रिय सभाकाे बैठक पनि स्थगित

राष्ट्रिय सभाकाे बैठक पनि स्थगित

राष्ट्रिय सभाकाे बैठक पनि स्थगित

राष्ट्रिय सभाकाे बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ । बैठकमा सांसद अनिता देवकाेटाले विनियाेजन विधेयकमाथिकाे छलफलमा विषयगत मन्त्रीकाे उपस्थिति नभएकाे भन्दै अापत्ती जनाएकी थिइन् ।

सांसद देवकाेटाले अापत्ती जनाएपछि मन्त्रीकाे उपस्थिति नभएसम्मका लागि बैठक स्थगित गर्न माग गरेकी थिइन् । त्यसलगत्तै सभाध्यक्षकाे भूमिकामा रहेकी उपाध्यक्ष शशीकला दाहालले १५ मिनेटका लागि बैठक स्थगित गरिन् ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित चार मन्त्रालयअन्तर्गत विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथि छलफल भइरहेको छ ।

बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय योजना आयोगको सचिवालय एवं रक्षा, परराष्ट्र र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको हो ।

प्रकाशित समय : १९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु