काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

संसद बैठक ३० मिनेटका लागि स्थगित

7.85K
shares

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे अबराेधका कारण संसद बैठक स्थगित भएकाे छ । कांग्रेसका सांसदहरूले विराेध जनाएपछि अाजकाे संसद बैठक ३० मिनेटका लागि स्थगित भएकाे हाे ।

संसद बैठक सुरू भएपछि नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले डा. गाेविन्द केसीकाे जीवन रक्षाा गर्न अाफुहरूले दर्ता गरेकाे विशेष महत्वकाे सुचनाकाे विषयमा छलफल हुनुपर्ने माग गरेका थिए । त्यसलगत्तै कांग्रेसका सांसदहरूले विराेध जनाएपछि सभामुख कृष्णबहादुर महराले ३० मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् ।

शुक्रबार कांग्रेसले डा. केसीकाे जीवन रक्षाकाे माग गर्दै जरूरी सार्वजनिक महत्वकाे प्रस्ताव दर्ता गरेकाे थियाे । कांग्रेसकाे उक्त प्रस्ताव बैठककाे कार्यसूचिमै नपरेपछि उसले विराेध जनाएकाे हाे ।

प्रमुख सचेतक खाँडले केसीकाे स्वास्थ्यस्थिति गम्भीर भएकाले अाफ्नाे प्रस्ताव शुक्रबारनै छलफल हुनुपर्ने माग गर्दै त्यसाे हुन नसके सदन चल्न नदिने बताएका थिए । त्यसलगत्तै कांग्रेसका सांसदहरूले उठेर विराेध जनाए ।

सभामुख कृष्णबहादुर महराले पटक-पटक बस्न अाग्रह गर्दा पनि नबसेपछि सभामुख महराले ३० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।