धनकुटामा माइक्रोबस दुर्घटना, १७ जना घाइते, दुईको अवस्था गम्भीर
वि.सं.२०७५ असार २२ शुक्रवार १९:२९
shares

धनकुटा नगरपालिका–७ रमाइलो घुम्तीमा शुक्रबार बिहान माइक्रोबस दुर्घटना हुदाँ १७ जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ भने १५ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाकाले बताएको छ । यात्रु लिएर धनकुटाको हिलेबाट धरानतर्फ जादै गरेको को.१ ख. २८४७ नम्बरको माइक्रोबस ओरालोमा ब्रक फेल भई सडकमा दुर्घटना भएको थियो ।
गम्भीर घाइते धनकुटा नपा–६ की ५५ वर्षीय कमला भुजेल र गाडीका सहचालक पाख्रीवास नपा–५ का १८ वर्षीय सुरज तामाङको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
























