गृहपृष्ठ एनआईसी एसियाको ‘एक कर्मचारी, एक फलफूल बिरुवा’ अभियान सुरु
एनआईसी एसियाको ‘एक कर्मचारी, एक फलफूल बिरुवा’ अभियान सुरु
काठमाडौं- एनआई सी एशिया बैंकले विश्व वातावरण दिवस ‘एक कर्मचारी, एक फलफुल विरुवा’ भन्ने नाराका साथ मनाएकाे छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धापासीस्थित बैंकप्राङ्गणलगायत सम्पूर्ण क्षेत्रीय कार्यालय तथा शाखाकार्यालयहरुको प्राङ्गणभित्र वृक्षारोपण गरेको छ ।
बिभिन्न प्रजातीका फलफूल तथा बोटविरुवाको वृक्षारोपण तथा हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पुर्याउने बैंकले विश्वास लिएको छ ।
बैंकले देशभरी रहेका आफ्ना क्षेत्रीय तथा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न विद्यालय, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपणको लागिद उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था वा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने गरिरहेको छ ।
यसै क्रममा बैंकले हाल सम्म करिब ११ हजार विरुवा रोपी वातावरणीय सन्तुलन र हरियाली कायम गर्न महत्वपूर्ण योगदान पुर्याएकाे जनाएकाे छ । बैंकका मुलुकभर २१८ शाखा कार्यालय, २०६ एटिएम, १० एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग सेवा दिने कार्यालयहरू रहेका छन् । बैंक सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
बैंकको वासलातको आकार रू १६४ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रू ११४ अर्ब र कुलनिक्षेप करिब रू १३९ अर्ब पुगिसकेको छ । हालसम्म बैंकका ग्राहक संख्या करिब ११ लाख ५० हजार रहेको छन् ।
प्रकाशित समय : १७:५४ बजे



















