Nepalese Flag २०७७ फागुन १७ गते सोमबार   |   March 01, 2021

भारतीय नोटसहित पक्राउ

न्युज कारोबार काठमाडौं जेठ २३, २०७५       

भारतीय नोटसहित पक्राउ
पर्सा– प्रहरीले पर्साबाट प्रतिबन्धित भारतीय नोटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । बिहार (भारत)का रोहित केशरी र चितरञ्जन प्रसादलाई प्रतिबन्धित भारतीय नोटसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रक्सोलबाट वीरगञ्जतर्फ आउँदैगरेका उनीहरुलाई वीरगन्ज महानगरपालिका– १६ बाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई ना २७ प, ३८११ नम्बरको मोटरसाइकल एवं प्रतिबन्धित ३१ लख ८० हजार रुपैयाँ भारतीय नोट सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित खबरहरु