काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कक्षा १२ को नतिजा भोलि

12.66K
shares

राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को नतिजा बुधबार सार्वजनिक गर्ने भएको छ । मंगलबार नै नतिजा प्रकाशन गर्ने तयारी गरे पनि तयारी नसकिने भएकाले बुधबार सार्वजनिक गर्ने तयारी गरिएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । मिसिङको संख्या बढी भएकाले मंगलबार नै नतिजा बाहिर ल्याउन कठिन हुने अर्यालले बताए ।

यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए । यसअघि पहिलो चरणमा विज्ञानको मात्रै सार्वजनिक गर्ने गरेको बोर्डले यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको छ । कक्षा १२ को नतिजा एकै पटक प्रकाशित गर्न लागेको यो पहिलो पटक हो ।