global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णाली प्रदेशमा १ सय १० कुष्ठरोगी

कर्णाली प्रदेशमा १ सय १० कुष्ठरोगी

कर्णाली प्रदेशमा १ सय १० कुष्ठरोगी

सुर्खेत- कर्णाली प्रदेशमा गत आर्थिक वर्षमा एक सय १० जना नयां कुष्ठरोगी फेला परका छन् ।

कर्णाली प्रदेशका दश जिल्लामा जम्मा १ सय १० जना कुष्ठरोगी फेला परेका छन् । जाजरकोटमा २४, जना, रुकुममा १०, सल्यानमा १४, दैलेखमा ७, जुम्लामा ५, कालीकोटमा १०, हुम्लामा ३, मुगुमा ५ र डोल्पामा १ सहित सुर्खेतमा ३१ जनामाे कुष्ठरोग फेला परेकाे हाे ।

प्रदेशको राजधानी सुर्खेतमा भने सबैभन्दा बढि कुष्ठरोगी फेला परेका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएकाे छ ।

कुष्ठरोग निवारण अभियान शुरु

जिल्ला जनस्वास्थय कार्यालय सुर्खेतले अागामी जेठ २७ देखी ३१ गते सम्म कुष्ठरोग निवारण अभियान सञ्चालन गर्ने भएकाे छ । अभियानले जिल्लाका २० स्वास्थ्य चौकीमा कार्यक्रम गर्नेछ । जिल्लाका बिजौरा, सालकोट, लाटीकोईली, कटकुवा, साटाखानी, मेहेलकुना, मैनतडा, गुमी, लेकपराजुल, उत्तरगंगा लगाएतका २० ठांउाँमा यो अभियान सञ्चालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयरोग तथा कुष्ठरोग निवारण अधिकृत गणेश गौतमले जानकारी दिए ।

अभियानले समुदायका अज्ञातबश उपचारमा नआएका कुष्ठरोगका विरामी पत्ता लगाउने, समुदायमा जनचेतना अभिबृद्धि गरी कुष्ठरोग निवारण कार्यमा जनसहभागीता जुटाउने, रोग निदान भएका सबै बिरामीहरुलाई बहु औषधीय उपचार पद्धतिबाट निश्चित अवधि भित्र उपचार पुरा गराउने र जिल्ला स्तरमा कुष्ठरोग निवारण गर्ने उदेश्य रहेको गौतमले जानकारी दिए ।

कुष्ठरोग निवारण अभियान कार्यान्वयन कार्यदलमा खोजकर्ताको टोलीले घरदैलोमा गएर तथ्याङ्ग संकलन गर्ने र रोग निवारण टोलीले उपचार गर्ने तथा सुपरिवेक्षण टोलीले जटिल खालका रोगहरुलाई निदान गर्ने कार्ययोजना रहेको समेत गौतमले जानकारी दिए । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका निमित्त प्रमुख मोहनप्रसाद देवकोटाले जटिल खालको यो रोग निवारणका लागी अभियान सञ्चालन गर्न लागीएको बताए ।

प्रकाशित समय : १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु