global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्रि अाेलीले चीन भ्रमणमा एक जाेडी गैडा हस्तान्तरण गर्दै

प्रधानमन्त्रि अाेलीले चीन भ्रमणमा एक जाेडी गैडा हस्तान्तरण गर्दै

प्रधानमन्त्रि अाेलीले चीन भ्रमणमा एक जाेडी गैडा हस्तान्तरण गर्दै

चितवन- दुई वर्षअघि भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन यस पटक पूरा हुने भएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा एक जोडी गैँडा हस्तान्तरण गर्ने तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काले दुई जोडी गैँडा नियन्त्रणमा लिएर सौराहामा बुमामा राखिएको जनाउँदै सकेसम्म प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा हस्तान्तरण गरिने तयारी गरिएको बताए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले चीनका अधिकारीलाई जहाजको ढोकाको आकार र प्राविधिक टोली पठाउन ताकेता गरिएको बताउँदै चितवन राष्ट्रिय निकुञ्जले खोरका लागि आवश्यक काठ तयार गरेर राखेको जानकारी दिए ।

उनका अनुसार हाल पिट बुमामा राखिएका गैँडालाई खुला बुमामा राखेर परीक्षण गर्न थालिएको छ । साइटिसको नियमानुसार एक वर्षमा एक जोडी वन्यजन्तु मात्रै अरु देशमा पठाउनुपर्ने हुन्छ । एक जोडी प्रधानमन्त्रीको भ्रमणका क्रममा र अर्काे एक जोडी साउन लागेपछि पठाउने तयारी गरिएको छ ।

प्रकाशित समय : १४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु