global ime bank Long Banner Ad

गृहपृष्ठ निर्वाचन अायाेगमा नेकपा दर्ता, ३३ प्रतिशत महिला पुर्याउन अायाेगकाे सर्त

निर्वाचन अायाेगमा नेकपा दर्ता, ३३ प्रतिशत महिला पुर्याउन अायाेगकाे सर्त

निर्वाचन अायाेगमा नेकपा दर्ता, ३३ प्रतिशत महिला पुर्याउन अायाेगकाे सर्त

काठमाडौं- निर्वाचन आयोगले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई गठित दललाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता गर्ने निर्णय गरेको छ । आयोगको बैठकले पार्टीमा ३३ प्रतिशत महिलाको संख्यापछि पुर्याउने सर्तमा दल दर्ता गर्ने निर्णय गरेको हो ।

आयोग सदस्य नरेन्द्र दाहालले दर्ता भएका सबै दललाई कानूनमा व्यवस्था भएअनुसार ३३ प्रतिशत महिला पुर्याउन आह्वान गरिने बताए । ‘अहिलेलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दल दर्ता भएको छ’, उनले भने, ‘कानूनअनुसार संगठन संरचनामा महिलाको आवश्यक संख्या पुर्याउन सबै राजनीतिक दललाई आह्वान गरेका छौं ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता नेकपाले आयोगमा बुझाएको चार सय ४१ सदस्यीय केन्द्रीय कमिटी नामावलीमा महिलाको संख्या ७२ जना छ । यो करिब १६ प्रतिशत मात्रै हो । ३३ प्रतिशत पुर्याउन अहिलेको संख्याको दोब्बर अर्थात् एक सय ४५ जना महिला केन्द्रीय सदस्य हुनुपर्नेछ ।

राजनीतिक दल दर्ता ऐन को दफा १५ को उपदफा ४ मा दलको सबै तहको समितिमा कम्तीमा एकतिहाइ महिला सदस्य हुनैपर्ने व्यवस्था छ । यसअघि दर्ता भएका राप्रपा र राजपामा पनि ३३ प्रतिशत महिला छैनन् । आयोगले राजपा र राप्रपालाई पनि ३३ प्रतिशत पुर्याउन भनेको छ । ‘दल दर्ता नहुँदा उहाँहरुको बैंक खाता खोल्नेलगायतका काम रोकिएका छन्,’ एक आयुक्तले भने, ‘उहाँहरुलाई अप्ठेरो पार्ने कुरा पनि आएन । उहाँहरुलाई फुकाइदिने र पछि महिला संख्या पुर्याउने गरी दर्ता भयो ।’

नेकपाले आयोगमा बुझाएको चार सय ४१ सदस्यीय केन्द्रीय कमिटी नामावलीमा महिलाको संख्या ७२ जना छ। यो करिब १६ प्रतिशत मात्रै हो। ३३ प्रतिशत पु-याउन अहिलेको संख्याको दोब्बर अर्थात् एक सय ४५ जना महिला केन्द्रीय सदस्य हुनुपर्नेछ। त्यसैगरी नेकपाको ४५ सदस्यीय स्थायी कमिटीमा दुई मात्रै महिला छन् भने नौ सदस्यीय सचिवालयमा महिला प्रतिनिधित्व छैन।

पार्टी दर्ताका लागि जेठ ३ गते निवेदन दिए पनि महिलाको प्रतिनिधित्वका कारणले दल दर्ता हुन लामो समय लागेको हो । पार्टीमा कानुनअनुसार महिला प्रतिनिधित्व नभएको भन्दै सर्वत्र आलोचना हुँदै आएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जेठ ३ गते पार्टी एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी नाममा दर्ता गराउन आयोग पुगेका थिए। तर ऋषि कट्टेलका नाममा सो दल दर्ता भएका कारण नेपाल कम्युनिस्ट पार्टीको विकल्प अघि सारिएको थियो । आयोगले फरक छुट्याउन अप्ठ्यारो हुने बताएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम राखिएको थियो ।

एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता भएसँगै नेकपा संघ, प्रदेश र स्थानीय तहमा सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । नेकपाको दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा एक सय ७४ सांसद छन्। त्यसैगरी सात प्रदेशमध्ये ६ वटामा नेकपाको सरकार रहेको छ भने साढे सात सय स्थानीय तहमा पनि चार सयभन्दा बढीमा नेतृत्व छ ।

प्रकाशित समय : १३:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु