गृहपृष्ठ डेब्यु टोलीसँग इंल्याण्डको परिक्षा
डेब्यु टोलीसँग इंल्याण्डको परिक्षा
आइतबार बेलुकी पौने ६ बजे हुने समूह ‘जी’को खेलमा पानामा र इंग्ल्याण्ड प्रतिस्पर्धा गर्दैछन् । आजको खेलमा नवप्रवेशी पानामालाई जितेमा अन्तिम खेल अघि नै इंग्ल्याण्डले अन्तिम १६ मा स्थान बनाउने छ ।
आजको खेलमा इंग्ल्याण्ड विजयी भएमा समूह विजेताको लागि बेल्जियम र इंग्ल्याण्ड बीचमा प्रतिश्पर्धा हुनेछ । यदि खेलको नतिजा यस्तै आएमा समूह ‘जी’बाट बेल्जियम र इंग्ल्याण्ड नकआउट चरणमा प्रवेश गर्नेछन् भने पानामा र ट्युनीसिया घर फर्कने छन् ।
बेल्जियमले कमजोर डिफेन्सको फाइदा उठाएकोले पानामा इंग्ल्याण्डविरुद्धको खेलमा त्यसलाई सुधार गर्ने पक्षमा हुनेछ । तर, सन् २००६ पछि विश्वकपमा उत्कृष्ट सुरुवात गरेको इंग्ल्याण्ड पानामासँग रोकिने पक्षमा छैन । इंग्ल्याण्डलाई ह्यारी केन जस्ता खेलाडीको साथ छ, जो उच्च फर्ममा छन् ।
तर, दाबेदार भनिएका टोलीलाई कमजोर भनिएका टोलीले आच्छु–आच्छु पारेको जारी विश्वकपमा आफूमाथि पनि त्यस्तै नियति नदोहोरियोस् भन्नका लागि इंग्ल्याण्डका प्रशिक्षक गारेथ साउथगेटन सचेत छन् । तर शारीरिक रुपमा बलिया खेलाडी लिएर मैदान उत्रने पानामा हार मान्ने पक्षमा भने छैन ।
डेब्यु खेलको खराब प्रदर्शनलाई विर्सदै पानामाले इंग्ल्याण्डविरुद्ध त्यसलाई सुधार गरेमा खेलको नतिजा फरक आउने सम्भावना पनि छ ।
प्रकाशित समय : १८:०२ बजे


















