गृहपृष्ठ प्रधानमन्त्रीको भ्रमणप्रति पौडेलको टिप्पणी : उत्साहजनक भएन
प्रधानमन्त्रीको भ्रमणप्रति पौडेलको टिप्पणी : उत्साहजनक भएन
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलको चीन भ्रमण उत्साहजन नरहेको टिप्पणी गरेका छन् । चीनसँग भएका केही सहमतीको प्रष्ट आधार नदेखिएकाे भन्दै पाैडेलले प्रधानमन्त्रीकाे भ्रमण सम्बन्धको निरन्तारताका लागि मात्रै भएको टिप्पणी गरेका हुन् ।
‘रेलका कुरा भएका छन् । तर कसले कसरी बनाउने भन्ने प्रष्ट आधार खुलाइएको छैन्,’ पौडेलले न्युज कारोबारसँग भने, ‘तेलका कुरा पनि थिए, त्यसमा कुनै प्रगति भएको भन्ने सुनेको छैन ।’ कांग्रेसका बरिष्ठ नेता पौडेलले प्रधानमन्त्रीले चीन भ्रमणमा आम नेपालीको प्रतिनिधित्व समेत गर्न नसकेको आरोप लगाए ।
प्रधानमन्त्री ओली चीन भ्रमणका क्रममा देशको प्रधानमन्त्रीको रुपमा भन्दा पनि बढी कम्युनिस्ट पार्टीको अध्यक्षका रुपमा प्रस्तुत भएको पौडेलको आरोप छ । ‘देशकै प्रधानमन्त्री भएर पनि उहाँ (प्रधानमन्त्री) कम्युनिस्ट पार्टीको अध्यक्ष जस्तो मात्रै भएर प्रस्तुत हुनुभयो,’ पौडेलले भने, ‘हाम्रा प्रधानमन्त्री चिनियाँ राष्ट्रपतिको बिचारधाराको सर्मथन गर्न गए जस्तो भयो । यसले आमनेपालीको चाहनालाई सम्वोधन गर्ने कुरा भएन ।’
प्रकाशित समय : १९:३६ बजे



















