गृहपृष्ठ इन्टरनेटको मूल्य समायोजन गर्न समिति गठन

इन्टरनेटको मूल्य समायोजन गर्न समिति गठन

इन्टरनेटको मूल्य समायोजन गर्न समिति गठन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवाको मूल्य समायोजन गर्न समिति गठन गरेको छ । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत कर लगाएपछि सेवा प्रदायकहरुले इन्टरनेटको मूल्यवृद्धि गरेको भन्दै आलोचना भएको थियो । त्यसैलाई मध्यनजर गर्दै सरकारले मूल्य समायोजनका लागि सिफारिस समिति गठन गरेको मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयका सहसचिव वीरेन्द्र मिश्रको नेतृत्वमा समिति गठन गरिएको हो ।

मन्त्रालयले अन्तर्राष्ट्रिय बजारमा इन्टरनेट ब्यान्डविथको मूल्य घटेको तथ्यलाई मध्यनजर गरी लागत विश्लेषण गरी उपभोक्तालाई थप आर्थिक भार नपर्ने गरी शुल्क समायोजन गर्न समिति गठन गरेको बताएको छ । समितिलाई नीतिगत कानुनी उपाय खोज्ने कार्यभार सुम्पिएको छ । समितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र आइएसपिएएन का प्रतिनिधिहरु सहभागी छन् । समितिले सात दिनभित्र प्रतिवेदन पेश गर्ने जनाइएको छ ।

हेर्न्रस् विज्ञप्ति

suchana-newskarobar

प्रकाशित समय : ०१:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु