गृहपृष्ठ दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई थप आठ वर्ष जेल सजाय

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई थप आठ वर्ष जेल सजाय

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई थप आठ वर्ष जेल सजाय

 

दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गुएन हेलाई थप आठ वर्ष जेल सजाय सुनाइएको छ । सोलस्थित एक अदालतले शुक्रबार हेलाई यसअघि दिइएको सजायमा आठ वर्ष थपेको हो ।

हेले गरेको भनिएको भ्रष्टाचारको अनुसन्धानका क्रममा यो सजाय थपिएको हो । यसअघि नै उनलाई २४ वर्षको जेल सजाय भएको थियो । हेमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दामा गत महिना २४ वर्ष जेल र एक करोड ७० लाख अमेरिकी डरल बराबरको जरीवनाको सजाय सुनाइएको थियो ।

दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतका अनुसार उनले अब ३२ वर्ष जेल सजाय व्यहोर्नुपर्ने भएको छ । सन् २०१७ को मार्च महिनामा भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो । त्यसयता उनी थुनामा रहँदै आएकी छिन् । उनले गरेको भ्रष्टाचारको प्रकृतिअनुसार कम्तीमा ३० वर्षको जेल सजायको माग यसअघि नै सरकारी वकिलले गरेका थिए ।

पार्क ६६ वर्षकी छिन् । हे दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति भएकी थिइन् । उनीमाथि राष्ट्रपति पदमा रहँदा शक्तिको दुरुपयोग गरेको आरोप लागेको हो । भ्रष्टाचारको संलग्नता प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उनलाई संसदमा महाअभियोग लगाएर बर्खास्त गरिएको थियो ।

दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हे महाअभियोग लगाएर निकालिएकी पनि दक्षिण कोरियाका लागि पहिलो राष्ट्रपति हुन् ।

(रासस/एएफपी)

प्रकाशित समय : २३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु