गृहपृष्ठ कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा सकिएको ८१ औं दिनमा बोर्डले ग्रेडिङ प्रणालीअनुसार नतिजा प्रकाशित गरेको हो ।

परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने एक हजार १६९, ३.२१ देखि ३.६० ल्याउने ११ हजार २२१, २.८१ देखि ३.२० ल्याउने २७ हजार ६४३, २.४१ देखि २.८० ल्याउने ५८ हजार ३४५, २.१ देखि २.४० ल्याउने ९० हजार २९९, १.६१ देखि २ ल्याउने ६६ हजार ४३८, १.२१ देखि १.६० ल्याउने २२ हजार ७३४, ०.८१ देखि १.२० ल्याउने चार हजार ४८७, ०.०० देखि ०.८० ल्याउने १९९ जना छन् ।

त्यस्तै परीक्षामा कुनै एक विषयमा अनुपस्थित रहेका १७ हजार ४० विद्यार्थी छन् । त्यसैगरी आंशिकतर्फ एक लाख १७ हजार ४१४ परीक्षार्थी सहभागी रहेकामा ४१ हजार ३२५ अर्थात् ३५.२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएकाे छ । बोर्डले पहिलोपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरेको हाे ।

ग्रेडमा चित्त नबुझेमा परीक्षार्थीले पुनः परीक्षा दिन सक्ने बोर्डले जनाएको छ । एउटा विषयमा डी प्लस वा त्योभन्दा तल आएमा ग्रेड वृद्धिको परीक्षा दिन सकिनेछ । परीक्षा भदौ १६ मा हुनेछ । नतिजामा चित्त नबुझेमा बोर्डले पुनर्योग र उत्तरपुस्तिका हेर्न सकिने व्यवस्थासमेत मिलाएको छ ।

प्रकाशित समय : १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु