गृहपृष्ठ बेलायतमा शंखेकीरा दौड प्रतियोगिता ः आर्चीको कीर्तिमान तोड्न सकेन लेरीले

बेलायतमा शंखेकीरा दौड प्रतियोगिता ः आर्चीको कीर्तिमान तोड्न सकेन लेरीले

बेलायतमा शंखेकीरा दौड प्रतियोगिता ः आर्चीको कीर्तिमान तोड्न सकेन लेरीले

 

बेलायतमा शनिबार सम्पन्न विश्व शंखेकीरा दौड प्रतियोगितामा लेरी प्रथम भएको छ । विश्वभरका एक सय ५० शंखेकीराले सहभागिता जनाएको प्रतियोगितामा निर्धारित ३३ सेमी दूरी २ मिनेटमा पार गर्दै लेरी प्रथम भएको हो ।

लेरीको जितबाट खुसी भएकी मालिक्नी तारा बिसले उसलाई तीनवटा अंगुर इनाम दिएकी थिइन् । रोयटर्सका अनुसार विजेता लेरीलार्इ पुरस्कारस्वरुप सलादका पातले भरिएको चाँदीको भाँडो दिइएको थियो ।

पहिलो स्थान हासिल गरेको लेरीले आर्चीको कीर्तिमान भने तोड्न सकेन । प्रतियोगितामा सबैभन्दा छोटो समयमा दौड पूरा गर्ने शंखेकिराको कीर्तिमान आर्ची नामक शंखेकिराको नाममा छ । आर्चीले सन् १९६६ मा २ मिनेटभित्र दौड पूरा गरेको थियो । लेरीकी मालिक्नी ताराले राम्रोसँग प्रशिक्षण दिन नपाउँदा उसले कीर्तिमान भंग गर्न नसकेको प्रतिक्रिया दिइन् ।

बेलायतमा सन् ६० को दशकदेखि हरेक वर्ष विश्व शंखेकिरा दौड प्रतियोगिताको आयोजना हुँदै आएको छ । प्रतिस्पर्धामा विश्वभरका शंखेकीराले भाग लिन्छन् ।

(एजेन्सी)

प्रकाशित समय : १७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु