गृहपृष्ठ कैलालीको गुलरामा माइक्रोबस दुर्घटना, एकको मृत्यु, ११ घाइते

कैलालीको गुलरामा माइक्रोबस दुर्घटना, एकको मृत्यु, ११ घाइते

कैलालीको गुलरामा माइक्रोबस दुर्घटना, एकको मृत्यु, ११ घाइते

कैलालीको लम्की चुहा नगरपालिका-६ गुलरामा माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नेपालगन्जबाट धनगढी जाँदै गरेको भे. १ ज ६८१ नम्बरको माइक्रोबसकोे ठक्करबाट लम्की चुहा-७, एकलघरुवाका साइकल यात्रुको मृत्यु भएको हो । मृतकको पहिचान हुन सकेको छैन ।

दुर्घटनामा माइक्रोबसमा सवार ११ जना यात्रु घाइते भएका छन् । घाइते हुनेमा ठाकुरवावा बर्दियाकी सीता थापा, कैलाली गाउँपालिका ८ कैलालीका यमुना गौतम,र उनका श्रीमान टंक बोहरा, हसुलियाका रविता चौधरी, उनकी ३ वर्षिया छोरी श्रेया चौधरी, नेउपलापुर बर्दियाका महावीर थारु, ठाकुरवावा बर्दियाका झुमा खड्का, ताराताल बर्दियाकी नन्दकला सुनार, पर्शुराम नगरपालिका डडेल्धुराका मोती भट्टराई, धनगढी उपमहानगरपालिका रतिपुरकी समिक्षा मल्ल र पवित्रा सुनार रहेका छन् ।

घाइतेहरुको लम्कीस्थित लालरत्न अस्पताल र शिलत मेडिकलमा उपचार भइरहेको छ ।साइकललाई जोगाउने क्रममा माइक्रो अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख सुरेन्द्र जोशीले जानकारी दिए ।

प्रकाशित समय : १६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु