global ime bank Long Banner Ad

गृहपृष्ठ विपन्न महिलालाई ‘साबुन बनाउने तालिम’

विपन्न महिलालाई ‘साबुन बनाउने तालिम’

विपन्न महिलालाई ‘साबुन बनाउने तालिम’

निर्धन संस्थाले भूकम्प प्रभावित क्षेत्र टिकाथली तथा ठेचोका १६ जना विपन्न गरीब महिलाहरुलाई ‘साबुन बनाउने तालिम’ दिएको छ । असार ७ गतेदेखि ८ गतेसम्म ललितपुर जिल्लाको टिकाथलीमा विपन्न गरीब महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सम्पन्न गरिएको निर्धन संस्थाकी प्रमुख कार्यकारी अधिकृत अन्जु पाण्डे पन्तले जानकारी दिइन् । महिलाहरुलाई लक्ष्मी राई, सपना भुलुनले प्रशिक्षण दिएका थिए ।
तालिमको समापन सत्रमा सहभागीहरुको तर्फबाट विष्णुमाया भण्डारी, कल्पना तामाङ्ग, अप्सरा थापा, शान्ति महतले तालिमको मूल्याकंन गरेका थिए । यस साबुन बनाउने तालिम फाईदाजनक तालिम रहेको तालिमका सहभागीहरुले बताएका थिए । प्रशिक्षिका लक्ष्मी राई, ग्लोबल पिस फाउण्डेसनका कार्यक्रम अधिकृत सुस्मित सुनुवार, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड टिकाथली शाखाका प्रमुख बन्दना ज्ञवाली, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ठेचो शाखाका प्रमुख हिरा लाल वि.क.ले समापन सत्रमा तालिममा लिएका सीपलाई ब्यवहारमा उतार्न, सिकेका सीपबाट आयआर्जन तथा ब्यवसायिक रुपमा गरी अर्थोपार्जन गर्न, सुरुवातमा खर्च कम गर्न दुई तीन जना मिलेर गर्न सुझाए ।
निर्धन संस्थाकी सीईओ पन्तले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिन् ।

प्रकाशित समय : १४:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु