गृहपृष्ठ यार्साका तीन ‘तस्कर’ प्रहरी खोरमा
यार्साका तीन ‘तस्कर’ प्रहरी खोरमा
प्रहरीले एक किलो यार्सागुम्बासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त दरवारमार्गले आइतबार दिउँसो काठमाडौँको ज्याठाबाट उनीहरुलाई पक्राउ गरेको हो । अबैधरुपमा बिक्रिवितरण गर्ने उद्देश्यले ओसार–पसार गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कालिकोटका राज हमाल, जुम्लाका दानबहादुर रोकाय र कैलालीका नरीलाल कोईराला पक्राउ परेका हुन् । उनीहरु तीनै जना राजधानीमा डेरा गरेर बस्दै आएका थिए । पश्चिम नेपालको उच्च हिमाली क्षेत्रबाट यार्सागुम्बा संकलन गर्ने र अबैध रुपमा राजधानीमा बिक्रि गर्दै हिँड्ने गिरोहमध्येको एक समूह भएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।
अहिले उनीहरुलाई महानगरीय परिसर काठमाडौँको हिरासतमा राखी अनुसन्धान गरिरहेको परिसरका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिनुभयो ।
प्रकाशित समय : १६:१६ बजे



















