गृहपृष्ठ नगर प्रमुखले मनोमानी गरेको भन्दै घोडाघोडी नगरपालिकामा तालाबन्दी

नगर प्रमुखले मनोमानी गरेको भन्दै घोडाघोडी नगरपालिकामा तालाबन्दी

नगर प्रमुखले मनोमानी गरेको भन्दै घोडाघोडी नगरपालिकामा तालाबन्दी

 

घोडाघोडी नगरपालिका कैलालीका नगर प्रमुख ममताप्रसाद चौधरीले मनोमानी गरेको भन्दै नगरपालिका कार्यालयमा  तालाबन्दी गरिएको छ । नेपाल विद्यार्थी संघ नगर समितिले शिक्षा शाखा र निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

नगर प्रमुख चौधरीले छलफल नै नगरी नगर क्षेत्रभित्रका विद्यालयलाई समायोजन गरेकोमा असहमति जनाउँदै  नेविसंघले ताला लगाएको हो । नगर क्षेत्रका ५७ विद्यालयमध्ये प्रमुख चौधरीले चार विद्यालय समायोजन गरेको र नौ विद्यालयको तह घटुवा गरेको भन्दै नेविसंघ आन्दोलित भएको हो ।

चौधरीले स्थानीय र सम्बन्धित विद्यालयसँग छलफल नै नगरी मनोमानी निर्णय गरेकाले कार्यालयमा ताला लगाउनुपरेको नेविसंघ नगर सभापति कलकजङ सिंहले जानकारी दिए । ‘छलफलका लागि पटक-पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएका हौं,’ उनले भने । नगर प्रमुख चौधरीले भने आफू कार्यालयबाहिर रहेकाले ताला लगाएको विषयमा जानकारी नभएको बताए ।

प्रकाशित समय : २१:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु