गृहपृष्ठ तेह्र वर्षीया बालिका बलात्कृत
तेह्र वर्षीया बालिका बलात्कृत
महोत्तरीको औरही नगरपालिका-२, फुलबरिया गाउँकी एक बालिका घरनजिकै रहेको खोलामा भाँडा माझ्न गएका बेला बलात्कृत भएकी छन् । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टका अनुसार आइतबार साँझ स्थानीयवासी एक १३ वर्षीया बालिका घरनजिकै भएर बग्ने जंघा खोलामा भाँडा माझ्न गएका बेला दुईजना युवकले सामूहिक बलात्कार गरेको आरोप लगाइएको छ ।
प्रहरी निरीक्षक भट्टका अनुसार स्थानीय १५ वर्षीय दुई युवा राकेश सदा र ऋतिक सदाले ती बालिकालाई बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ऋतिक सदालाई पक्राउ गरेको छ भने अर्का युवा राकेश फरार छन् । साथै, घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
(रासस)
प्रकाशित समय : १८:०७ बजे



















