global ime bank Long Banner Ad

गृहपृष्ठ पोखरा विमानस्थल निर्माण रोकिँदैन : पर्यटनमन्त्री

पोखरा विमानस्थल निर्माण रोकिँदैन : पर्यटनमन्त्री

पोखरा विमानस्थल निर्माण रोकिँदैन : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पोखरा विमानस्थलको निर्माण कार्य कुनै पनि रुपमा नरोकिने बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर कास्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले विज्ञ समूहबाट पोखरा विमानस्थलका सम्बन्धमा आएका सुझाव निर्माण रोक्ने खालको नभएको स्पष्ट पारे ।

एक सय ८० सिट क्षमताका जहाजसम्म आउन सक्ने सो विमानस्थलको निर्माण कार्य सन् २०२१ मा सम्पन्न हुने भन्दै उनले निर्माणकै लागि यसै आर्थिक वर्षको बजेटमा ११ अर्ब रूपैयाँ छुट्याइएको जानकारी दिए ।

आफूले मन्त्रालय सम्हालेयता विभिन्न सम्पदा पुनर्निर्माणका साथै विमानस्थलको निर्माण एवं सञ्चालनका क्षेत्रमा धेरै काम भइरहेको उनको दाबी छ । ‘पोखरामा स्तरीय जहाजसँगै स्तरीय पर्यटक आउने अवस्था सिर्जना गरिनेछ,’ उनले भने, ‘प्रदेशको समृद्धि र विकासका लागि पोखरालाई केन्द्र बनाएर सातवटै प्रदेशमा जहाज पुर्याइनेछ ।’

सरकारले पाँच वर्षे कार्ययोजना यो महिनाभर ल्याउने तयारी गरेको बताउँदै मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टासम्म चलाउने कार्यमा सफलता प्राप्त भइसकेकाले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी तयारी भइरहेको चर्चा गरे । सम्पदा पुनर्निर्माणमा उल्लेख्य प्रगति भइरहेको मन्त्री अधिकारीको दाबी छ ।

(रासस)

प्रकाशित समय : १९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु