गृहपृष्ठ ‘लेट्स रिड’ डिजिटल पुस्तकालय सञ्चालनमा
‘लेट्स रिड’ डिजिटल पुस्तकालय सञ्चालनमा
काठमाडौं– एसिया फाउन्डेसनले ‘लेट्स रिड’ नामक डिजिटल पुस्तकालय सञ्चालनमा ल्याएको छ । पुस्तकालयमा सयभन्दा बढी नेपाली भाषाका पुस्तक र अंग्रेजीका एक हजारभन्दा बढी पुस्तक राखिएका छन् । खासगरी, तीन वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई लक्षित गरी सञ्चालनमा ल्याइएको पुस्तकालयमा बालबालिकाका क्षेत्रमा कलम चलाउँदै आएका विभिन्न साहित्यकारका रचना समेटिएका छन् । ‘लेट्स रिड’ नामक वेब पोर्टल एवं मोबाइल एप्लिकेसनमा गएर निःशुल्क पुस्तक डाउनलोड गर्न सकिने फाउन्डेसनले जनाएको छ । पुस्तकालयमा विभिन्न मातृभाषाका पुस्तकसमेत राखिएका छन् ।
प्रकाशित समय : २०:४८ बजे


















