global ime bank Long Banner Ad

गृहपृष्ठ बाग्लुङमा पहिरो : एकै परिवारका तीनजनाको मृत्यु

बाग्लुङमा पहिरो : एकै परिवारका तीनजनाको मृत्यु

बाग्लुङमा पहिरो : एकै परिवारका तीनजनाको मृत्यु

बाग्लुङमा भिषण वर्षापछि गएको पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया र छ महिने छोरी सोनियाको मृत्यु भएको हो ।
घरमै सुतिरहेका उनीहरुलाई पहिरोले पुरेको हो । पहिरोमा पुरिएका मृतक तीनै जनाको शव निकालिएको छ । इलाका प्रहरी कार्यालय, बरेङको प्रहरी टोली र स्थानी बिहानैदेखि उद्धारमा खटिएका थिए । घरसँगै गोठ पनि पहिरोले बगाएको प्रहरीले जनाएको छ । मृतक क्षेत्रीका दुई छोरी भने पढाइको सिलसिलामा काठमाडौँमा रहेको बताइएको छ । रातभर परेको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि ठूलो भौतिक क्षति पुर्याएको छ । बरेङ गाउँपालिकाका–२ हुग्दीशिरको ब्राहकोट प्रावि पहिरोले क्षतिग्रस्त बनेको जनाइएको छ ।
यसैगरी, भिषण वर्षापछि सोमबार राति गएका पहिराले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध बनेको छ । गलकोट नगरपालिका–७ को बाँस्खोला, आँगाखेत र वडा नं ३ हटियामा पहिरो खस्दा लोकमार्ग अवरुद्ध बनेको हो । जिल्लाको पश्चिम भेगबाट छोटो तथा लामो दूरीमा चल्ने यातायात रोकिएको जनाइएको छ ।

प्रकाशित समय : १४:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु