गृहपृष्ठ ३८ किलो सुन प्रकरण : एसएसपी दिवेश लोहनीसहित ११ अभियुक्त पुगे उच्च अदालत
३८ किलो सुन प्रकरण : एसएसपी दिवेश लोहनीसहित ११ अभियुक्त पुगे उच्च अदालत
झण्डै ३८ सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका अभियुक्त चार प्रहरी अधिकारीसहित ११ जनाले उच्च अदालतमा निवेदन दर्ता गराएका छन् । जिल्ला अदालत मोरङको आदेशविरुद्ध सोमबार उनीहरु उच्च अदालत पुगेका हुन् ।
जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका पूर्वडीआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी सञ्जयकुमार राउत, चूडामणि उप्रेती ‘गोरे’का सहयोगी टेकबहादुर मल्ल अहिले पुर्पक्षका लागि थुनामा छन् । ११ जनामध्ये नेपाल एअरलाइन्सका कर्मचारी राजन थापा, हेमन्त गौतम, पुण्यप्रसाद लामा, भुजुङ गुरुङ र सम्बीर प्रसाद तोलांगेसमेत साधारण तारेखमा रिहा गर्न माग गर्दै उच्च अदालत विराटनगर पुगेका हुन् ।
चर्चित सुन तस्करीकाण्डमा सामेल भएका प्रहरीका उच्च अधिकृतहरुले आफूहरु निर्दाेष रहेको दाबी गर्दै थुनामा राख्ने फैसला पुनरावलोकनको माग गरेका छन् । उनीहरुविरुद्ध संगठित अपराधअन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको छ ।
प्रकाशित समय : १४:३७ बजे



















