काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जनकपुरधाममा रावण वधको तयारी अन्तिम चरणमा

1.01K
shares

ai logo सारांश

  • प्रत्येक वर्ष दशैंको अन्तिम दिन जनकपुरधाममा रावण वध कार्यक्रम आयोजना हुने गर्छ ।
  • बुधबार (भोली) रावण वध कार्यक्रम हुन लागेको छ ।
  • कार्यक्रमका आयोजक महावीर युवा कमिटिले रावण वध कार्यक्रमलाई प्रत्येक वर्ष भव्यता प्रदान गर्दै आएको छ ।

जनकपुर । प्रत्येक वर्ष दशैंको अन्तिम दिन जनकपुरधाममा रावण वध कार्यक्रम आयोजना हुने गर्छ ।

करिब १० वर्षदेखि निरन्तर दशमीको दिन जनकपुरधामको गंगा सागर र धनुष सागर पोखरीको डिलमा रावणसहित मेघनाथ र कुम्भकर्णको पुतला बनाएर जलाईन्छ ।

यस वर्ष पनि बुधबार (भोली) रावण वध कार्यक्रम हुन लागेको छ । कार्यक्रमका आयोजक महावीर युवा कमिटिले रावण वध कार्यक्रमलाई प्रत्येक वर्ष भव्यता प्रदान गर्दै आएको छ । यस वर्ष भने रावणको पुतला ४५ फिट अग्लो हुने रावण वध कार्यक्रमका संयोजक आनन्द साहले जानकारी दिए ।

उनका अनुसार पुतला निर्माण कार्य २० दिनदेखि लगातार भइरहेको छ । भारतबाट आएको मूर्ति निर्माण टोलीले उत्त प्रतिमाहरु निर्माण गर्दैछ । प्रतिमा निर्माणमा अनुमानित खर्च साढे तीन लाख रुपैयाँ लागिसकेको संयोजक साहले बताए ।

संयोजक साहका अनुसार भोली साँझ ६ बजेदेखि रावण वध कार्यक्रम सुरु हुनेछ । यस वर्ष राम मन्दिरका महन्थ राम गिरीले रावण वध गर्नेछन् । यस वर्ष अन्य वर्षहरु भन्दा बढी दर्शक आउने अनुमान रहेको संयोजक साहले जानकारी दिए । प्रत्येक वर्ष जनकपुरधाममा रावण वध कार्यक्रम हेर्न, धनुषासहित भारतीय सिमासंग जोडिएका स्थानहरुबाट पनि मानिसहरुको भीड लाग्ने गर्छ ।