गृहपृष्ठ पहिराेले नारायणगढ-मुग्लिङ सडक अवरुद्ध, खाेल्ने प्रयास जारी
पहिराेले नारायणगढ-मुग्लिङ सडक अवरुद्ध, खाेल्ने प्रयास जारी
नारायणगढ—मुग्लिङ सडकखण्डको चारकिलोस्थित टोपो खोलामा मंगलबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान सवा पाँच बजेतिर पहिरो खसेको हो । पहिरो पन्छाउने काम सुरु भए पनि पहिरो ठूलो भएकाले तीन÷चार घण्टा लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता शिव शर्मा आचार्यले बताए ।
दुई दिनयता पानी परेसँगै सो सडकमा ठाउँ–ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध हुने र खुल्ने क्रम जारीे छ ।
प्रकाशित समय : १४:५७ बजे


















