गृहपृष्ठ प्रहरीबाटै श्रीमतीको हत्या
प्रहरीबाटै श्रीमतीको हत्या
कञ्चनपुरको भीमदत्त नगरपालिकामा सशस्त्र प्रहरीका सहायक हवल्दारले कोदालो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । कञ्चनपुर प्रहरीका अनुसार धानको बीउ छर्ने विषयमा सामान्य विवाद हुँदा तिलाचौर–८ का केशव कार्कीले कोदालो प्रहार गरी २७ वर्षीया श्रीमती सीताको हत्या गरेका हुन् । टाउकोमा कोदालो प्रहार गरिएकी सीताको घटनास्थलमै मृत्यु भएको हो । कार्की दम्पतीका दुर्इ छोरी र एक छोरा छन् । सशस्त्र सीमा सुरक्षा बल दाङमा कार्यरत कार्की बिदामा घर अाएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १८:१० बजे


















