global ime bank Long Banner Ad

गृहपृष्ठ प्रेमीसँग मिलेर श्रीमानको हत्या

प्रेमीसँग मिलेर श्रीमानको हत्या

प्रेमीसँग मिलेर श्रीमानको हत्या

कैलालीको गोदावरी नगरपालिकाकी एक महिलाले श्रीमानलाई भीरबाट धकेलेर हत्या गरेकी छन् । प्रेमी दीपक खत्रीसँग मिलेर लक्ष्मी बडैला बिष्टले माइती घरनजिकैको भासु भीरबाट धकेलेर श्रीमान तेजबहादुर विष्टको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

श्रीमानलाई घुम्न जाने भन्दै खानीडाँडा लगेर भीरबाट मोटरसाइकलसहित धकेलेर हत्या गरेको कैलाली प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिए । कल डिटेलबाट बिष्टको हत्यामा संलग्नबारे पत्ता लागेको दाबी प्रहरीले गरेको छ ।

लक्ष्मी बडैला, उनका प्रेमी खत्रीसहित पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु