गृहपृष्ठ लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री खतिवडा
लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री खतिवडा
प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गरेका छन् । प्रधानमन्त्रीले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ (ख) बमोजिम अर्थमन्त्री खतिवडालाई उपाध्यक्ष पदमा नियुक्त गरेका हुन् । बोर्डका अध्यक्षसमेत रहने प्रधानमन्त्रीले जेठ २५ गते खतिवडालार्इ उपाध्यक्षमा नियुक्त गरेको लगानी बोर्डको कार्यालयले जनाएको छ ।
प्रकाशित समय : ००:०७ बजे


















