global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल टेलिकमले ल्यायो अाफ्नै एप, यस्ता छन् सुविधा

नेपाल टेलिकमले ल्यायो अाफ्नै एप, यस्ता छन् सुविधा

नेपाल टेलिकमले ल्यायो अाफ्नै एप, यस्ता छन् सुविधा

नेपाल टेलिकमले आफ्नै मोबाइल एप सञ्चालनमा ल्याएको छ । टेलिकमले जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएललगायतका सेवासम्बन्धी जानकारी दिन आफ्नै मोबाइल एप ‘नेपाल टेलिकम’ सञ्चालनमा ल्याएको हो । सेवाग्राहीले मोबाइल एप डाउनलोड गरी लग इन गरेपछि टेलिकमको प्याकेज खरिद गर्न सक्ने र प्याकेजसम्बन्धी जानकारी लिनसक्ने कम्पनीले बताएको छ।
कम्पनीका अनुसार उक्त एपबाट फ्रेन्ड्स एन्ड फेमिली कल (एफएनएफ) सर्भिसमार्फत पाँचवटा नम्बरमा सस्तो कल गर्न सकिने, एन्ड्रोइडमार्फत रिचार्ज कार्ड स्क्यान गरेर रिचार्ज पनि गर्न सकिने र मोबाइलमार्फत विभिन्न प्याकेज आदानप्रदान गर्न सकिनेछ। त्यस्तै, एपमार्फत रिचार्ज कार्डबाट कम्पनीका विभिन्न सेवाको बिल भुक्तानी गर्न सकिनेछ ।
एपमार्फत इमर्जेन्सी नम्बर (सुरक्षा निकायलगायत) डायल गर्न सकिने र कम्पनीले दिने विभिन्न सेवाको महसुलबारे जानकारी लिन सकिने टेलिकमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। कम्पनीका अनुसार एप गुगल प्ले स्टोर र एप्पल प्ले स्टोरबाट डाउनलोड गर्न सकिनेछ।

प्रकाशित समय : २३:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु