global ime bank Long Banner Ad

गृहपृष्ठ मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन

मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन

मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३० अर्ब १७ करोड १४ लाख ७३ हजार राजस्व सङ्कलन गरेको छ । प्रदेश सरकारको अर्थ मन्त्रालयका अनुसार चालु आवको हालसम्म आन्तरिक राजस्व सङ्कलन चार अर्ब ५९ करोड ३३ लाख ८४ हजार रहेको छ ।

प्रदेश सरकारको आन्तरिक राजस्व सङ्कलनको मुख्य आयस्रोतका रूपमा घरजग्गा रजिस्ट्रेशन र सवारीसाधन कर मानिन्छ । सो अवधिमा घरजग्गा रजिस्ट्रेशनबाट एक अर्ब १८ करोड १२ लाख ९५ र सवारीसाधन करबाट दुई अर्ब एक करोड ५० लाख ५० हजार राजस्व सङ्कलन भएको मधेस प्रदेश सरकारका अर्थ मन्त्रालयका सूचना अधिकारी अंशुकुमार झाले जानकारी दिए ।

उनका अनुसार चालु आव २०८२/८३ मा सवारी चालक अनुमतिपत्र वितरण तथ सवारी दर्ता दस्तुरबाट रु ६८ करोड ८२ लाख ७० हजार, यातायात क्षेत्रको आम्दानीबाट रु ११ करोड १० लाख ५९ हजार, दहत्तर बहत्तरको बिक्रीबाट रु १० करोड नौ लाख ३५ हजार राजस्व सङ्कलन भएको छ ।

यस्तै, प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत सात अर्ब ७५ करोड ६४ लाख ९९ हजार, अन्तःशुल्क करबापत दुई अर्ब ७७ करोड ४१ लाख प्राप्त भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत ११ महिनाको अवधिमा रु सात अर्ब छ करोड १६ लाख ७८ हजार, सशर्त अनुदान चालुतर्फ दुई अर्ब १७ करोड २७ लाख ७२ हजार, सशर्त पुँजीगततर्फ रु एक अर्ब ५६ करोड ३० लाख ४० हजार प्राप्त भएको सूचना अधिकारी झाले बताए ।

आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको कमी, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदेश सरकारको राजस्व सङ्कलन गर्ने विभिन्न निकायमा पुगेको क्षतिलगायत कारणले अपेक्षाकृत राजस्व सङ्कलन हुन नसकेको उनको भनाइ छ ।

प्रकाशित समय : १३:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु