global ime bank Long Banner Ad

गृहपृष्ठ बैंक तथा वित्तीय संस्थाका सीईओको तलब–सुविधामा नेपाल राष्ट्र बैंकको नयाँ मापदण्ड

बैंक तथा वित्तीय संस्थाका सीईओको तलब–सुविधामा नेपाल राष्ट्र बैंकको नयाँ मापदण्ड

बैंक तथा वित्तीय संस्थाका सीईओको तलब–सुविधामा नेपाल राष्ट्र बैंकको नयाँ मापदण्ड

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब, भत्ता तथा अन्य सुविधालाई व्यवस्थित, पारदर्शी र कार्यसम्पादनमुखी बनाउन नयाँ मार्गदर्शन जारी गरेको छ । मार्गदर्शनअनुसार सीईओको पारिश्रमिक निर्धारण गर्दा संस्थाको वित्तीय अवस्था, जोखिम व्यवस्थापन, व्यवसायको आकार, नाफा, सुशासन तथा दीर्घकालीन स्थायित्वलाई आधार बनाइनुपर्ने व्यवस्था गरिएको छ । यसका लागि सञ्चालक समितिअन्तर्गत स्वतन्त्र समिति गठन गरी तलब तथा सुविधा सिफारिस गर्नुपर्ने उल्लेख गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार सीईओको पारिश्रमिकलाई निश्चित वार्षिक तलब तथा भत्ता, कार्यसम्पादनमा आधारित पारिश्रमिक र अन्य सीमित सुविधामा वर्गीकरण गरिएको छ । कार्यसम्पादनमा आधारित भुक्तानी गर्दा संस्थाको नाफा, पूँजी पर्याप्तता, जोखिम व्यवस्थापन, गैरकर्जाको अवस्था, तरलता, नियामकीय पालना तथा ग्राहक सन्तुष्टिलगायत सूचकको मूल्यांकन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

मार्गदर्शनले सीईओलाई उपलब्ध गराउन सकिने सुविधा पनि सीमित गरेको छ । आवश्यकताअनुसार एक मोबाइल, एक ल्यापटप, एक सवारी साधन तथा स्वीकृत सीमाभित्रका अन्य सुविधा मात्र उपलब्ध गराउन सकिने उल्लेख गरिएको छ । सम्झौतामा उल्लेख नभएका अतिरिक्त सुविधा दिन नपाइने व्यवस्था पनि गरिएको छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाले सीईओको पारिश्रमिक निर्धारणको आधार, नीतिगत व्यवस्था र कर्मचारी तथा सीईओबीचको पारिश्रमिक अन्तरसम्बन्धी विवरण नेपाल राष्ट्र बैंकमा पेस गर्नुपर्ने तथा वार्षिक प्रतिवेदनमा समेत सार्वजनिक गर्नुपर्ने प्रावधान राखिएको छ । नेपाल राष्ट्र बैंकले यो व्यवस्था कार्यान्वयनबाट बैंक तथा वित्तीय संस्थामा सुशासन प्रवद्र्धन, जोखिम व्यवस्थापन सुदृढीकरण तथा पारिश्रमिक प्रणालीमा एकरूपता कायम हुने अपेक्षा गरेको छ ।

प्रकाशित समय : १०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु