गृहपृष्ठ ज्येष्ठ शुक्ल षष्ठीः सिथि नखःमनाइँदै
ज्येष्ठ शुक्ल षष्ठीः सिथि नखःमनाइँदै
काठमाडौँ । आज ज्येष्ठ शुक्ल षष्ठी हो । यसलाई कुमार षष्ठी पनि भनिन्छ । कुमार कार्तिकेयको पूजा आरधना एवं व्रत गरी कुमार षष्ठी मनाइँदैछ ।
पद, धन र मान हानि भएकाले आज कुमार कार्तिकेयको व्रत एवं पूजा आराधना गरेमा गुमेको मानपदवी हुन्छ भन्ने विश्वास छ ।
आज सिथि नख (सिथि नखः) पनि हो । नेवार समुदायले मनाउने यो पर्वमा पानीका मुहान, इनार, ढुङ्गेधारा र पोखरीहरूको सरसफाइ गरी जलस्रोतको संरक्षण गर्ने परम्परा छ । साथै, यो पर्वमा विशेष परिकारहरू पकाएर सामूहिक रूपमा खाने चलन पनि छ । यसले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने जनविश्वास छ ।
प्रकाशित समय : ११:१८ बजे



















