काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालले नेदरल्यान्ड्सलार्इ दियो २१७ रनको चुनौती

13.13K
shares

 

दोस्रो एकदिवसीय खेलमा नेपालले नेदरल्यान्ड्सलार्इ २१७ रनको लक्ष्य दिएको छ । कप्तान पारस खड्का र अलराउन्डर सोमपाल कामीको अर्धशतक प्रहारसँगै नेपालले ४८.५ अोभरमा २१६ रनको योगफल तयार पारेको हो ।

६९ बलमा ५१ रन जोडेका पारस सिलारको बलमा क्याच आउट भए उनले २ छक्का र ६ चौका प्रहार गरे । त्यस्तै, रिप्पोनको बलमा पेभेलियन फर्कनुअघि आक्रामक सोमपालले ३ छक्का र पाँच चौकाको सहयोगमा ६१ रन बनाए । त्यस्तै, दिपेन्द्रसिंह ऐरी र सुवास खकुरेलले समान १९/१९ रन जोडे भने आरिफ शेखले १६ र उपकप्तान ज्ञानेन्द्र मल्लले १३ रन बनाए ।

एकदिवसीय क्रिकेटको डेब्यु खेलमा बुधबार नेपाल नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो । डेब्यु खेलमा नेपालका लागि उपकप्तान मल्लले अर्धशतकीय पारी खेलेका थिए ।