गृहपृष्ठ अठार वर्षमुनिको फुटबल प्रतियोगिता हुने
अठार वर्षमुनिको फुटबल प्रतियोगिता हुने
अखिल नेपाल फुटबल संघको आयोजनामा ललित स्मृति अठार वर्षमुनिको फुटबल प्रतियोगिता हुने भएको छ ।
यही जेठ २९ देखि असार २१ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा त्रिभुवन आर्मी, नेपाल प्रहरी, एपिएफ, मछिन्द्र, सरस्वती, हिमालयन शेर्पा, थ्रि स्टारलगायत विभिन्न १८ टोलीले भाग लिने एन्फाद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
उक्त प्रतियोगिताको विजेताले रु तीन लाख पाउने छ भने उपविजेताले रु एक लाख ५० हजार पुरस्कार पाउने छ ।
(रासस)
प्रकाशित समय : १२:२५ बजे


















