global ime bank Long Banner Ad

गृहपृष्ठ २ नम्बर प्रदेशसभा बैठकमा ट्रान्सफर्मरको अबरोध

२ नम्बर प्रदेशसभा बैठकमा ट्रान्सफर्मरको अबरोध

२ नम्बर प्रदेशसभा बैठकमा ट्रान्सफर्मरको अबरोध

प्रदेश २ को आइतबार बस्ने भनिएको बैठक स्थगित भएको छ ।

प्रदेशसभा परिसरमा रहेको विद्युत् ट्रान्सफर्मर पड्किएपछि सूचना टाँसेर बैठक स्थगित गरिएको हो । सांसद प्रदेशसभामा बसिरहँदा परिसरको ट्रान्सफर्मर अचानक पड्किएको थियो । ट्रान्सफरमर नै पड्किएपछि विद्युत सेवा समेत ठप्प हुन पुगेको थियो ।

संसद् सचिवालयले विशेष कारण देखाएर सोमबार बिहान ८ बजेसम्मका लागि बैठक स्थगित गराएको नेपाली कांग्रेसका सचेतक उपेन्द्रप्रसाद कुशवाहाले जानकारी दिए । उक्त बैठकमा प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची थियो ।

(रासस)

प्रकाशित समय : १२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु