global ime bank Long Banner Ad

गृहपृष्ठ मन्त्रीहरु भन्छन्–डा. केसीको माग पूरा गर्न सकिँदैन 

मन्त्रीहरु भन्छन्–डा. केसीको माग पूरा गर्न सकिँदैन 

मन्त्रीहरु भन्छन्–डा. केसीको माग पूरा गर्न सकिँदैन 

सरकारका मन्त्रीहरुले विवादित राष्ट्रिय चिकित्सा विधेयक संसदीय पक्रियामा लैजाने बताएका छन् । अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको विधेयकलाई संशोधन गरी वर्तमान सरकारले संसदमा पेश गरेपछि त्यसको विरोध भइरहेको छ । वरिष्ठ चिकित्स गोविन्द केसीले अनशन थालेको २५ दिन भइसकेको छ र उनको स्वास्थ्य जटिल बनेको छ । सडकमा डा. केसी समर्थकसहित विपक्षी दलले प्रदर्शन गरिरहेका छन् । तर, सरकारले भने पछि नहट्ने भन्दै संसदमा लगेको विधेयकमाथि नै छलफल अघि बढाउने बताएको हो ।

शिक्षामन्त्री गिरीराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक संसदबाट फिर्ता नलिले स्पष्ट परे । न्युज कारोबारसँग उनले भने, ‘बरु विपक्षीमार्फत विधेयक संशोधन गर्न सरकार तयार छ । तर, फिर्ता लिँदैन ।’ माथेमा कार्यदलको सुझाव प्रतिवेदन हुबहू लागू गर्न नसकिने उनले बताए ।

यसैगरी वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पनि चिकित्सा शिक्षा विधेयकमाथि संसदमा छलफल हुने बताए । उनले नेकपाले गरेका हरेक निर्णयदेखि डराएर प्रतिपक्ष गैरजिम्मेवार भई डा. केसीलाई बोकेर हिँडेको कारण विधेयक पारित हुन नसकेको बताए । उनले संवैधानिक व्यवस्थाअनुसार संसदमा विधेयक ल्याएर पारित गरिने भएकाले चिकित्सा शिक्षा मात्र होइन, समग्र शैक्षिक सुधार, आर्थिक सुधार एवं समाज परिवर्तनका निमित्त विभिन्न विधेयक पारित हुने दाबी गरे ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि देशको साझा मुद्दामा सिङ्गो संसद नै एक रहेको भन्दै पन्चशिलको आधारमा नै अगाडि बढ्ने बताए ।

प्रकाशित समय : १२:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु