global ime bank Long Banner Ad

गृहपृष्ठ भारतसँगका व्यापार समस्या तत्काल समाधान गरिन्छ : प्रधानमन्त्री

भारतसँगका व्यापार समस्या तत्काल समाधान गरिन्छ : प्रधानमन्त्री

भारतसँगका व्यापार समस्या तत्काल समाधान गरिन्छ : प्रधानमन्त्री

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत व्यापारमा देखिएका समस्या तत्काल समाधान गरिने बताएका छन् । हालसम्म देखिएका व्यापारका असमझदारी हटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा एक टोली भारतीय समकक्षीसँग छलफलका लागि तत्काल पठाउन लागिएको प्रधानमन्त्री ओलीले जानकारी दिए । उद्योग संगठन मोरङले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले द्विपक्षीय व्यापारमा देखिएका समस्या चाँडै समाधान हुने बताए ।

‘नेपालमा हुन लागेको बिमस्टेक सम्मेलनमा सहभागी हुन आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यापार समस्याका बारेमा कुरा गरिनेछ,’ उनले भने, ‘विमस्टेकमा आउने राष्ट्रप्रमुखसँग सामूहिक र व्यक्तिगत रुपमा पनि हाम्रा व्यापारका समस्या समधानका लागि कुरा गर्छौं ।’
प्रधानमन्त्री ओलीले उद्यमी र सरकार मिलेर नेपालको परिचय वदल्नु पर्ने बताए । अहिलेको बढ्दो व्यापार घाटा कम गर्नुपर्ने, व्यापार सन्तुलन कायम गर्नुपर्ने र समग्र आर्थिक अवस्था परिवर्तन गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हामी आर्थिक परिर्वतन त भनिरहेका छौं तर त्यो बाटो पक्रिरहेका छैनौं,’ उनले भने, ‘सरकार र उद्यमीको संयुक्त प्रयासबाट आर्थिक परिवर्तनको बाटो तय गर्नुपर्छ, यसमा कृषिलाई पनि जोड्नुपर्छ ।’

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले नेपालको व्यापार सन्तुलनका लागि सरकारले गर्नुपर्ने तत्कालीन र दीर्घकालीन कामबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुपष्कमल दाहाल ‘प्रचण्ड’ले मन्तव्य राखेका थिए । अन्तक्र्रियामा मन्त्री र सचिवहरुको पनि उपस्थिति थियो ।

प्रकाशित समय : २२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु