global ime bank Long Banner Ad

गृहपृष्ठ जनकपुर उपमहानगरपालिका-१९ मा पुनः मतगणना हुने

जनकपुर उपमहानगरपालिका-१९ मा पुनः मतगणना हुने

जनकपुर उपमहानगरपालिका-१९ मा पुनः मतगणना हुने

 

निर्वाचन भएको १० महिनापछि जनकपुर उपमहानगरपालिका वडा नम्बर १९, वेंगाशिवपुरको मतगणना पुनः हुने भएको छ । स्थानीय तहको निर्वाचनपश्चात भएको मतगणनामा धाँधली भएको भन्दै परेको मुद्दामा उच्च अदालत जनकपुरले पुनः मतगणनाको आदेश दिएको हो ।

उच्च अदालतका न्यायधीश डा. रवि शर्मा अर्यालको एकल इजलासले भदौ २६ गते बिहान ११ बजे मतगणना दोहर्‍याउन आदेश दिएको हो । मतगणनामा निर्वाचन प्रमुखले धाँधली गरेको भन्दै तत्कालीन नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार  विनोदकुमार साहले जिल्ला निर्वाचन कार्यालयलाई विपक्षी बनाउँदै उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेका थिए ।

जनकपुरधाम उपमहानगरपालिका–१९ को वडाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका जगदीश यादव सात सय ८७ मत ल्याएर विजयी भएका थिए । निकटतम प्रतिद्धन्द्धी साहले ७ सय ८१ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको थियो । आफूलाई पराजित गर्न मतगणना अधिकारीहरुले सातवटा मतपत्र लुकाएको साहको दाबी थियो ।

प्रकाशित समय : २३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु