गृहपृष्ठ हुण्डी कारोबारमा ७२ बर्षिय वृद्ध संलग्न

हुण्डी कारोबारमा ७२ बर्षिय वृद्ध संलग्न

हुण्डी कारोबारमा ७२ बर्षिय वृद्ध संलग्न

हुण्डी कारोवार गरेको आरोपमा २० लाख रुपैयाँ नगद सहित एक बृद्ध पक्राउ परेका छन् । काठमाडौंस्थित नयाँ बजारमा श्रोत नखुलेको हुण्डी कारोवार (समानान्तर बैकिङ कारोबार) को रकमका साथमा ७२ को बालकृष्ण भण्डारीलाई नियन्त्रणमा लिइएको महानगरिय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

बुधबार दिउँसो उनलाई नयाँ बजारमा हिड्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । नयाँ बजारमा चेकप्वाईन्ट राखी चेकजाँच गर्दै जाँदा भण्डारीलाई नियन्त्रणमा लिइएको प्रहरी नायन उपरिक्षक मोहनकुमार थापाले जानकारी दिए ।

उनको साथबाट सामसोङ्ग कम्पनीको मोवाईल एक थान फेला परेको छ । उक्त रकम र व्यक्तिका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : ००:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु